फ्रान्सको प्रधानमन्त्रीमा बार्नियर मनोनित

झापा, २० भदौ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गर्नुभएको छ । 
जुलाईमा भएको निर्वाचनबाट सरकार गठनका लागि कुनै पनि दललाई बहुमत प्राप्त हुन सकेको थिएन । युरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि प्रमुख वार्ताकारका रूपमा काम गरेका ७३ वर्षीय बार्नियरलाई सबैलाई मिलाएर लानसक्ने नेताका रूपमा राष्ट्रपतिले विश्वास गर्नुभएको हो । 
गत जुलाई १६ मा म्याक्रोँले तत्कालीन प्रधानमन्त्री ग्याब्रियल अट्टलको राजीनामा स्वीकृत गरे पनि नयाँ मन्त्रिमण्डल गठन नभएसम्मका लागि कामचलाउ सरकारको प्रमुखका रूपमा कार्यभार सम्हाल्न आग्रह गर्नुभएको थियो । ०००००
 

प्रतिकृया दिनुहोस