चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल थोक बजार भवनको काम तत्काल पूरा गर्न निर्देशन
विर्तामोड, २१ भदौ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल थोक बजार भवनको काम तत्काल पूरा गर्न निर्देशन दिनुभएको छ । विसं २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी सुरु भएको बहुतले भवनको काम हालसम्म पनि पूरा नभएपछि मन्त्री अधिकारीले आज निरीक्षणपश्चात यस्तो निर्देशन दिनुभएको हो ।
भवन निर्माणका लागि ११औँ पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी रहँदा तेइस अझै १३ प्रतिशत काम बाँकी छ । त्यसप्रति चासो र चिन्ता व्यक्त गर्दै कृषिमन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र कार्यसम्पादन गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । उहाँले सम्झौताअनुसार काम नसकिए कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिनुभयो । “पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनुपर्छ । यसका लागि मन्त्रालय आवश्यक सहजीकरण गर्न तयार छ । चोभारको बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने छन् । त्यसैले भवन निर्माणमा कुनै पनि बहाना नगर्न निर्माण कम्पनीलाई मेरो आग्रह छ”, मन्त्री अधिकारीले भन्नुभयो ।
दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७३ असोजमा करिब ३५ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार काम नभएपछि २०८० चैत १३ यही भदौ मसान्तभित्र काम सम्पन्न गर्नेगरी ११औँ पटक म्याद थप भएको थियो ।
थपिएको समयमा काम पूरा नहुँदा लागत बढेर ४० करोड रुपैयाँ बढी पुगेको छ । लागत बढ्दै जाने तर सम्झौता अनुसार काम नभएपछि कृषिमन्त्री अधिकारी मन्त्रालयका प्रतिनिधि, निर्माण कम्पनी र परामर्शदातासहित निर्माणस्थल पुग्नुभएको हो । ००००००
प्रतिकृया दिनुहोस