कुमारी पहारीलाई उपचारका लागि सहयोग गर्न अनुरोध
विर्तामोड, १४ असोज ।
गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पिडित सहयोग संस्था बिर्तामोड ४ का अध्यक्ष भुपाल बस्नेतले ५६ वर्षीया कुमारी पहारीलाई उपचारका लागि सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
आज नै हल्दिबारी २ को पहारी निवासमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी स्वदेश बिदेशमा रहनुहुने सहयोगी दाताहरुलाई उपचारका लागि आर्थिक सहयोग गरी प्राण बचाइदिन अनुरोध गर्नु भएको हो ।
पहारी परिवारको आफ्नो नाममा १ धुरपनी जमिन नभएको, अर्काको अदिया जमिन कमाएर ७ जनाको परिवारलाई लालनपालन गर्दै आउनु भएकी कुमारी पहारीलाई क्यान्सर भएर उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको हो ।
उहाँका श्रीमान रामबहादुर पहारी र छोरी पृया पहारीले क्यान्सर पीडितलाई बचाई दिन सबैसँग आग्रह गर्नुभयो । ०००००
प्रतिकृया दिनुहोस