विकास निर्माणको काम प्रकृतिमैत्री ढङ्गले गरौँ : उपप्रधानमन्त्री सिंह

विर्तामोड, १४ पुस ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको उल्लेख गर्दै विकास निर्माण गर्दा प्रकृतिको ख्याल गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आज सोलु दूधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुने उल्लेख गर्दै प्रकृतिलाई कम हानी गर्दै विकास निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।
‘विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ, हामीलाई विभिन्न घटनाक्रमले पनि सिकाएको छ,’ उहाँले भन्नुभयो, ‘गाउँ ठाउँलाई जोगाउने हो भने वातावरणलाई हामीले ध्यान दिनैपर्छ ।’
उहाँले प्रशासकीय भवन निर्माण भएपछि पालिकाको सेवा प्रवाह प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । ०००००
 

प्रतिकृया दिनुहोस