बिर्तामोडमा खुल्यो करियर कन्सल्ट डेलिकेटेड टु एक्सिलेन्ट को तेस्रो शाखा

विर्तामोड, २६ माघ ।
झापाको बिर्तामोडस्थित रामचोकमा शैक्षिक परामर्श केन्द्र खुलेको छ । काठमाडौँमा केन्द्रीय कार्यालय रहेको करियर कन्सल्ट डेलिकेटेड टु एक्सिलेन्ट को तेस्रो शाखा खुलेको हो ।
पछिल्लो समय नेपाली विद्यार्थीहरु गुणस्तरीय शिक्षाका निम्ति विदेश जान चाहन्छन् । तर झन्झटिलो प्रक्रियाका कारण कतिपय विद्यार्थी अलमलमा पर्ने गरेका छन् । छिटो तथा विश्वसनीय तरिकाले करियर काउन्सेलिङ गर्ने सो कन्सल्टेन्सीले देशमै आफ्नो छुट्टै छवि बनाएको छ ।
झापाका दुईजना युवाहरू अनुप सापकोटा र रूपक रिजालको सक्रियतामा कन्सल्टेन्सी खुलेको हो । सो कन्सल्टेन्सीले अमेरिका अस्ट्रेलिया बेलायत र युरोपका विभिन्न १५ राष्ट्रहरूमा विद्यार्थीहरूलाई पढ्न पठाउने गर्दै आएको छ ।
विद्यार्थीहरूलाई विदेश जानका लागि के के कुराहरूको आवश्यकता पर्दछ , आफू जाने देशको नियम कानुन भाषा कस्तो रहेको छ लगायतका विषयमा करियर काउन्सेलिङ गर्नेछ । विदेश गइसकेपछि आफूले पढ्ने कलेजको बारेमा सुरुमै जानकारी गराइने पछि कुनै पनि झन्झटमा फस्नु नपर्ने गरि विद्यार्थीलाई पूर्ण जानकारी गराएर मात्र पठाउने गरिएको कन्सल्टेन्सीका काउन्सिलर पवन घिमिरेले बताउनुभयो ।
आज एक समारोहको आयोजना गरी कन्सल्टेन्सीको उद्घाटन गरिएको छ । देशमै झन्झट रहित सबैभन्दा छिटो सेवा दिने कन्सल्टेन्सीको उद्देश्य रहेको बिर्तामोडका सञ्चालक अनुप सापकोटाले बताउनुभयो ।
पछिल्लो समय नेपालबाट विदेश पढ्नका लागि जाने विद्यार्थीहरूको सङ्ख्या झापाबाट सबैभन्दा धेरै भएकाले नै झापामा सो शाखा खोलिएको सञ्चालकको भनाइ छ । ०००००००
प्रतिकृया दिनुहोस