अनेम संघ झापाको पदाधिकारी सर्वसम्मत 

विर्तामोड, २७ माघ ।

अखिल नेपाल महिला संघ झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
अनेम संघ झापाको शनिवारबाट सुरु भएको दशौं जिल्ला सम्मेलन अन्तर्गत आज भएको उम्मेदवार मनोनयन पत्र दर्ताका क्रममा पदाधिकारीहरूमा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भएपछि सर्वसम्मत भएको हो ।
कमिटीको उपाध्यक्षद्वयमा दुर्गा डाँगी ‘रेणुका’ र सिता ढुङ्गाना विश्वकर्मा, सचिवमा कल्पना चम्लागाईं कोपिला, सहसचिवमा ललिता बस्नेत र कोषाध्यक्षमा मञ्जु बस्नेत थापा निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन समितिका संयोजक हेमकला कट्टेलका अनुसार सदस्य पदमा ७५ जनाको विभिन्न क्लस्टरबाट चयन गरिनेछ । जसको घोषणा माघ २९ गते जिल्ला पार्टी कार्यालयमा गरिनेछ र सोही दिन दिउँसो १ बजे शपथ ग्रहण र निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।
दशौं जिल्ला सम्मेलनको शनिवार केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले उद्घाटन गर्नुभएको थियो ।  ००००००००
 

प्रतिकृया दिनुहोस