सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

विर्तामोड, १२ चैत ।
बोआओ फोरमले जारी गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल ग्राहस्थ्य उत्पादन (जिडिपी वृद्धि दर) चार दशमलव पाँच प्रतिशत पुग्ने अनुमान गरिएको छ ।   
प्रतिवेदन अनुसार सन् २०२४ मा यस क्षेत्रको जिडिपी चार दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । 
बढ्दो विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुद, एसिया विश्व अर्थतन्त्रका लागि प्रमुख वृद्धिको इन्जिनका रूपमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।
‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनमा सन् २०२४ मा जिडिपीको अनुपात र क्रय शक्ति समानतामा विश्वको कुल जिडिपीमा एसियाको जिडिपी ४८ दशमलव एक प्रतिशतबाट बढेर सन् २०२५ मा ४८ दशमलव ६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । 
यसैगरी, एसियामा सन् २०२५ मा बेरोजगारी दर चार दशमलव ३९ प्रतिशत हुने अनुमान गरिएको छ । यो विश्वव्यापी बेरोजगार दर चार दशमलव ९६ प्रतिशतभन्दा कम हो  । ०००००
 

प्रतिकृया दिनुहोस