शार्फु–४ मा पहिलोपटक मानव पाइला

ताप्लेजुङ, १६ चैत ।
कञ्चनजङ्घा क्षेत्रमा पर्ने ६ हजार चार सय ३३ मिटर अग्लो शार्फु–४ हिमालमा पहिलोपटक मानवले पाइला टेकेका छन् । गत मङ्गलबार चिलीका पर्वतारोही हर्नान डेबिड लियलको नेतृत्वमा आएको टोलीले पहिलोपटक उक्त हिमालको सफल आरोहण गरेको आरोहण दलका सदस्य पूर्णिमा श्रेष्ठले जानकारी दिनुभयो ।
एक्स्ट्रिम क्लाइम्बर्समार्फत आएको टोलीले गरेको शार्फु–४ लाई मिनी अन्नपूर्ण को सङ्ज्ञा पनि दिइएको छ । नेतृत्वदायी भूमिकामा रहनुभएका लियलले यसअघि नेपाल, तिब्बत र पाकिस्तानका आठ हजार र ६ सय मिटर अग्ला हिमालमा आरोहण गरिसक्नुभएको छ ।
टोलीमा अन्य तीन जना नेपाली आरोही सहभागी हुनुहुन्थ्यो । सोलुखुम्बूका पर्वतारोही लाक्पाछिरी शेर्पा, ताप्लेजुङका नाङ्डा शेर्पा र गोरखाकी पूर्णिमा श्रेष्ठ उक्त टोलीमा रहनुभएको थियो । हिमालयको चुनौतीपूर्ण भूगोललाई जित्दै, शार्फु–४ को पहिलो आरोहण हुनु विश्वभरका पर्वतारोहीका लागि प्रेरणादायी बन्ने अपेक्षा गरिएको आरोहण दलको नेतृत्व गर्नुभएका लियलले बताउनुभयो । ०००००
प्रतिकृया दिनुहोस