हार्दिकपछि राजस्थानका कप्तान रियान परागलाई बीसीसीआईको १२ लाख भारु जरीवाना

झापा, १८ चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली राजस्थान रोयल्सका कप्तान रियान परागलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १२ लाख भारु जरीवाना गरेको छ ।
आइतवार राति गुवाहाटीमा चेन्नई सुपर किङ्ग्ससँगको खेलमा ‘स्लो ओभर रेट’ का लागि बीसीसीआईले राजस्थानका कप्तान रियानलाई जरीवाना गरेको हो ।
यो खेलमा राजस्थानले चेन्नईलाई हराउँदै पहिलो जीत हात पारेको थियो । राजस्थानले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनमात्र बनाउन सक्यो ।
आईपीएलको १८औं संस्करणमा ‘स्लो ओभर रेट’ का लागि जरीवाना गरिएको यो दोस्रो पटक हो । यसअघि शनिवार गुजरात टायटन्ससँगको खेलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्यालाई बीसीसीआईले जरीवाना गरेको थियो ।
यो संस्करणदेखि आईपीएलमा ‘स्लो ओभर रेट’ का लागि प्रतिबन्ध नभई जरीवाना तोकिएको हो । यसबाहेक खेलको समयमा फिल्डिङमा केही प्रतिबन्धहरू पनि लागू हुनेछन् । ०००००
प्रतिकृया दिनुहोस