रवि लामिछाने आज तीर्थाटनका लागि भारत जाने
बिर्तामोड, ६ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज तीर्थाटनका लागि भारत भ्रमणमा निस्कने हुनु भएको छ । आजदेखि तीन दिन उहाँ पारिवारिक भ्रमणमा जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ । लामिछाने आज धनगढी हुँदै भारतको उत्तराखण्ड जाने कार्यक्रम छ । भ्रमणमा नैनीतालस्थित कैंचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजा गर्ने कार्यक्रम छ ।

.jpeg)







प्रतिकृया दिनुहोस