दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

बिर्तामोड, ७ कार्तिक । 
विजयादशमीको टीकाको चौथो दिन आज पनि टीका र जमरा लगाएर बडादसैँ मनाइँदै छ। नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका, समृद्धिको प्रतीक जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी रहेको छ। बडादसैँको मुख्य दिन बुधबार विजयादशमी परे पनि टीका थाप्न नभ्याएका तथा टाढा रहेका आफन्तकहाँ जान नपाएका व्यक्तिहरू आज पनि मान्यजनकहाँ पुगेर टीका र जमरा लगाइरहेका छन्। परम्पराअनुसार विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने प्रचलन छ । आज पनि टीका लगाउने, आशीर्वाद लिने र दिने क्रम जारी रहेकाले आफन्त तथा मान्यजनका घरमा जानेहरूको चहलपहल बढ्न थालेको छ। बडादसैँले परिवार तथा आफन्तबीच भेटघाट, सद्भाव र आत्मीयता बढाउने अवसर प्रदान गरेको छ।

प्रतिकृया दिनुहोस