सिटी सफारीको ठक्करबाट राजवंशीको मृत्यु
झापा, २६ कात्तिक ।
झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट स्थानीय ७० वर्षीया लटन राजवंशीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा बुधबार साँझ सफारीले राजवंशीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट टाउकामा चोट लागेर घाइते राजवंशीलाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएकामा उपचारको क्रममा अस्पतालमा निधन भएको थियो ।
घटनापछि प्रहरीले सफारीका चालक मेचीनगर–१५ कै ५९ वर्षीय मोहन राजवंशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । ०००००











प्रतिकृया दिनुहोस