फिफा अध्यक्षमा इन्फान्टिनोविरुद्ध जापानका ताशिमाको उम्मेदवारी
जापान, २० कात्तिक ।
जापान फुटबल सङ्घका मानार्थ अध्यक्ष कोजो ताशिमाले फिफा अध्यक्ष पदको निर्वाचनमा वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
आगामी मार्चमा हुने निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने ताशिमा दोस्रो चुनौतीकर्ता हुनुहुन्छ । यसअघि पूर्व टोटनहम डिफेन्डर रामोन भेगाले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।
६८ वर्षीय ताशिमा सन् २०१६ देखि २०२४ सम्म जापान फुटबल सङ्घको अध्यक्ष रहनुभएको थियो । उहाँले जापानी फुटबलले अवलम्बन गर्दै आएको इमानदारी, निष्ठा र उच्च नैतिक मापदण्डलाई विश्व फुटबलमा स्थापित गर्न उम्मेदवारी दिएको बताउनुभएको छ ।
उहाँले आफ्नो लामो अनुभवका आधारमा विश्व फुटबलको विकासमा योगदान पु¥याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
उम्मेदवारी घोषणा गर्ने अन्तिम मिति नोभेम्बर १८ तोकिएको छ । वर्तमान अध्यक्ष इन्फान्टिनो चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचित हुने तयारीमा हुनुहुन्छ ।
विश्वकप बिक्री योजनालाई लिएर आलोचना र राजीनामाको माग सामना गरिरहनुभएका इन्फान्टिनोले भने फिफाका सदस्य राष्ट्रहरूको ठूलो बहुमतको समर्थन आफूलाई रहेको दाबी गर्दै आउनुभएको छ । गत महिना एसियाली फुटबल महासङ्घले समेत उहाँलाई समर्थन गरेको थियो । ०००००


copy2.jpeg)









प्रतिकृया दिनुहोस