सौर्य एअरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक प्रतिवेदन : मापदण्ड पालना नहुनु मुख्य कारण

विर्तामोड, २१ भदौ ।

गएको साउन ९ गते पोखराका लागि उड्दै गर्दा त्रिभुवन विमानस्थलमै दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुनुमा मापदण्ड पालना नहुनु मुख्य कारण रहेको दुर्घटना जाँच आयोगले उल्लेख गरेको छ ।
आयोगले मन्त्रालयलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा जहाजको तौलमा ध्यान नदिएको, जहाजको लोड अनुसारको गति र उडान प्रक्रियामा त्रुटि रहेको उल्लेख गरेको हो । पाँच सेकेन्डमा ५० फिट उचाई लिएको जहाज २१ सेकेण्डमा जहाज घुमेको र सय फिट माथी पुगेर टेक अफ गरेको २९ सेकेन्डमै झरेको प्रतिवेदनमा उल्लेख छ ।
दुर्घटना जाँच गर्न नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले हिजो पर्यटनमन्त्री बद्री पाण्डेलाई प्रारम्भिक प्रतिवेदन बुझाएको हो ।
प्रारम्भिक प्रतिबेदनले सबै वायुसेवा कम्पनीहरुलाई तत्काल स्पिडकार्डको विषयमा समिक्षा गर्न, कार्गो ब्यागेज हेन्डलिङको मापदण्ड अनिवार्य गर्न र नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान प्रक्रियालाई समीक्षा गर्न सुझाव दिएको छ । सौर्यको जहाज दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । दुर्घटनामा क्याप्टेनमात्रै बाँच्न सफल भएका थिए । ०००००
 

प्रतिकृया दिनुहोस