बिर्तामोडका प्रतिष्ठित व्यवसायी बिनोद बस्नेतद्वारा आत्महत्या 

बिर्तामोड, २६ बैशाख ।
झापा गोल्डकपका पूर्व अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन् ।
बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् । घटनाको जानकारी पाएर आफू घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिनुभयो ।
मृतक बस्नेत अनेकौं सामाजिक तथा व्यवसायिक संघ–संस्थामा कार्यरत थिए । कृष्णबहादुर बस्नेतका जेठा छोरा उनी झापा गोल्डकपका पूर्वअध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए । उनी सयपत्री ट्रेड लिंक लगायत विभिन्न प्रतिष्ठानका सञ्चालक समेत हुन् ।
लामो समयदेखि जेसीज अभियानमा क्रियाशील उनी वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष थिए ।  
५२ वर्षीय बस्नेतकी श्रीमती र एक छोरी रहेका छन् । श्रीमती कोपिला बस्नेत अधिवक्ता हुनुहुन्छ भने एकमात्र छोरी विभूति एमबीबीएस अध्ययनरत रहेको जनाइएको छ । ००००००
 

प्रतिकृया दिनुहोस