कहाँ कहाँ पहिरो जान्छ भन्ने सरकारलाई थाहा थिएन, सक्दो काम गरेको छ : प्रधानमन्त्री ओली
विर्तामोड, १४ असोज ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढी पहिरोका घटनापछि उद्धार र राहतको कामलाई सक्दो तीव्रता दिएको बताउनुभएको छ ।
अमेरिकाबाट फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सरकारले उद्धार र राहतमा राम्रो काम गरेको बताउनुभयो । ‘म त बल्ल आज फर्किँदैछु, मैले पाएको जानकारी अनुसार सरकारले क्षमता अनुसारको उद्धार र राहतका कार्यक्रम गरिरहेको छ । विरोधका लागि विरोध गर्नुको औचित्य छैन ।’
मौसम विज्ञान विभागले एक हप्ताअघि अति ठूलो वर्षाको नै पूर्वसूचना दिएको र तीन दिनअघि ‘रेड अलर्ट’ जारी गरेको अवस्थामा पनि सरकारले पूर्वतयारी किन गर्न सकेन त ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भन्नुभयो, ‘कहाँ कहाँ पहिरो जान्छ भनेर सरकारलाई थाहा थिएन, थाहा हुने कुरा पनि होइन, काठमाण्डौमा यति धेरै डुबान हुन्छ भन्ने पनि आँकलन भएन । हामी कसैले नसोचेको घटना भएको छ । विपद्पछि भने सरकारले सक्दो काम गरिरहेको छ ।’ ०००००
प्रतिकृया दिनुहोस