३ महिनामा ४ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो

विर्तामोड, ४ मंसिर ।

चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार तीन महिनामा रेमिट्यान्स साढे ११ प्रतिशतले बढेर चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।
तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ७० हजार पाँच सय जना रहेको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै सात हजार जनाले कम हो । ००००००  
 

प्रतिकृया दिनुहोस