काङ्ग्रेस झापा–५ को क्षेत्रीय भेला सम्पन्न
विर्तामोड, २० पुस ।
नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर –५ को क्षेत्रीय भेला आज दमकमा सम्पन्न भएको छ । सयदिने बिशेष सांगठनिक अभियान अन्तरगत आयोजित भेला नेपाली काङ्ग्रेस कोशी प्रदेश समिति सभापति उद्वन्ब थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले कोशी प्रदेश समितिको आयोजनामा पुस २४ गतेदेखि कचनकबल–सगरमाथा जागरण अभियान प्रारम्भ हुने बताउनुभयो । सबैभन्दा होचो भुभाग केचना र सबैभन्दा अग्लो भुभाग सगरमाथा जागरण अभियानका क्रममा पार्टीको सांगठनिक अवस्था, प्रजातन्त्र सेनानी र तिनका परिवारको अवस्थाका बारे अध्ययन गरिने जानकारी दिनुभयो ।
५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको अध्यक्षतामा सप्पन्न कार्यक्रममा बिशेष अतिथि एवं काङ्ग्रेस केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बा, कोशी प्रदेश संगठन बिभाग प्रमुख मदन सङ्ग्रौला, झापाका उपसभापतिद्वय शेरबहादुर भट्टराई र केशबराज पाण्डे, सहसचिव कमल भण्डारी, अइन्द्रबिक्रम केरुङ, अतीत बान्तवा राई, रोहित शाह, बिश्वदिप लिङ्देन, मन्धरा चिमरिया, दिलिप राई लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियोे ।
५ नम्बर क्षेत्रीय उपसभापति रबि केसीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन मुकुन्द उप्रेतीले गर्नुभएको थियोे । ०००००
प्रतिकृया दिनुहोस