टाटाको पन्च भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो
विर्तामोड, २१ पुस ।
मारुती सुजुकीलाई उछिन्दै टाटा कम्पनीको पन्च गाडी भारतमा सर्वाधिक बिक्री हुने कार कम्पनी बनेको छ । पछिल्लो ४० वर्षमा पहिलो पटक टाटाले मारुती सुजुकीलाई उछिनेको हो ।
सन् २०२४ मा टाटा मोटर्सको ‘पन्च’ नामक सब कम्प्याक्ट एसयूभीले मारुती सुजुकीको ‘वैगनआर’ र ‘स्विफ्ट’ लाई पछि पार्दै भारतको सबैभन्दा धेरै बिक्री हुने कारको उपाधि जितेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
२०२४ मा दुई लाख वटा टाटा पन्च कार बिक्री भएका छन् । सुजुकीको वैगनआर एक लाख ९१ हजार वटा बिक्री भएका छन् । भारतमा १० लाख रुपैयाँभन्दा महँगा कारमा मारुती सुजुकीका निकै थोरै विकल्पले गर्दा कम्पनीको बजार हिस्सा कम बनाएको हो ।
सन् २०१८ मा भारतीय अटोमोबाइल उद्योगले साढे ३३ लाख वटा कार बिक्री गरेको थियो । जसमा मारुती सुजुकीको बजार हिस्सा ५२ प्रतिशत थियो ।
सन् २०२४ मा भारतमा कोरोना महामारीपछिकै धेरै ४२ लाख ८६ वटा कार बिक्री हुँदा मारुती सुजुकीको हिस्सा ४१ प्रतिशतमा खुम्चिएको छ । ०००००
प्रतिकृया दिनुहोस