नन्दकिशोर पुनलाई पार्टीमा सक्रिय हुन नभनेको प्रचण्डको प्रष्टीकरण

काठमाडौं, २३ पुस ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा आफूले सक्रिय हुन नभनेको प्रष्टीकरण दिनुभएको छ ।
आज पार्टीको केन्द्रीय समितिको बैठकमा प्रचण्डले यस्तो बताउनुभएको हो ।
सोमबार र मंगलबार नेताहरूले पूर्वउपराष्ट्रपति पुनलाई पार्टीमा सक्रिय गराउन खोजेको भनेर प्रचण्डको आलोचना गरेका थिए । पूर्वउपराष्ट्रपतिलाई पार्टीमा सक्रिय गराउँदा पूर्वराष्ट्रपति पदकै अपमान हुने नेताहरूको भनाइ थियो ।
जवाफमा प्रचण्डले आफूले नबोलाएको र पूर्वउपराष्ट्रपति पुन आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रष्टीकरण दिनुभएको हो ।
‘मैले पासाङजीलाई आउनु भनेको होइन । रिटायर्ड भएपछि म सक्रिय भुमिकामा आउन चाहन्छु भनिरहनुभयो,’ प्रचण्डले भन्नुभयो । केन्द्रीय समितिको बैठकमा पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षको लहरमा बस्नुभएको थियो । तर, प्रचण्डले ‘आमन्त्रितकै रुपमा बोलाएको’ दाबी गर्नुभयो ।
पूर्वउपराष्ट्रपति पुन आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रचण्डले पटक–पटक दोहो¥याउनुभयो । ‘म एउटा क्रान्तिको सिपाही हुँ, क्रान्ति गर्न किन नपाउने भन्नुभयो’, प्रचण्डले थप्नुभयो ।
कतैतिर पनि विरोधाभास नहुने गरी पूर्वउपराष्ट्रपति पुनको भूमिका तय गरिने पनि प्रचण्डले बताउनुभयो । ‘उहाँको स्पिरिट अनुसार कार्यविभाजन गर्ने वेला, भित्र पनि कन्फुज नहुने, बाहिर पनि कन्फ्युज नहुने उपयुक्त हुने विकल्प खोज्छौं’, प्रचण्डले भन्नुभयो । ००००००
 

प्रतिकृया दिनुहोस