२०८७ सालमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं, २३ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा संविधान संशोधन हुने बताउनुभएको छ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले तत्काल संविधान संशोधन नहुने बताउनुभएको हो ।
‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ । तर २०८७ मा मात्रै हुन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले २०८७ सालमा संविधान संशोधन भनेपछि केही नेताले त्यसलाई सच्याउनेगरी ‘८३ साल होला’ भनेका थिए । तर, प्रधानमन्त्री ओलीले दोहोर्याएरै भन्नुभयो, ‘मैले ०८७ सालमै भनेको ।’
बैठकमा सहभागी एक नेताका अनुसार संसदको समीकरणका कारण संविधान संशोधन २०८७ सालमा हुने प्रधानमन्त्री ओलीको अनुमान थियो ।
‘हामी अहिले पनि संविधान संशोधन गर्न चाहिने दुई तिहाइ जुटाउने पक्षमा छौं । तर राष्ट्रिय सभाका कारण संभव भइरहेको छैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संविधान संशोधन त गर्ने नै हो । तर २०८७ मा ।’
यस्तै, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलका कारण पार्टीलाई कुनै क्षति नपुग्ने बताउनुभएको छ ।
केन्द्रीय समिति बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले संकटका बेला पनि जोगिएको पार्टीमा अहिले कुनै समस्या नरहेको बताउनुभयो । ‘दुर्गा प्रसाईका मान्छेहरुले भीम रावललाई केही समय उचाल्छन्, सुरुसुरुमा यस्तै हो’, अध्यक्ष ओलीले भन्नुभयो, ‘केही समयपछि यो सबै सकिन्छ सकिन्छ ।’
तर, केही दिन दुर्गा प्रसाईं, माओवादी र एसका मान्छेहरुले भीम रावललाई उचाल्ने अध्यक्ष ओलीले बताउनुभयो । ००००००
प्रतिकृया दिनुहोस