तीन दिने डिजिटल रिपोर्टिङ तालिम सुरु

विर्तामोड, २ माघ ।
नारी सञ्चार गृह झापाको आयोजनामा डिजिटल रिपोर्टिङ तालिम सुरु भएको छ । बिर्तामोडको अर्किड होटलमा आजदेखि सुरु भएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।
संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारीले पानसमा दिप बालेर उद्घाटन गर्नुभयो ।
टेवा नामक संस्थाको सहयोगमा सञ्चालन भएको तालिममा झापा, मोरङ, सुनसरी र इलामका २५ जना पत्रकारको सहभागिता रहेको छ ।
संस्थाकी सचिव मायामितु न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहालले शुभकामना मन्तव्य राख्नुभयो ।
संयोजकद्वय दिपा पोखरेलले स्वागत र ज्योस्ना श्रेष्ठले तालिमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । प्रशिक्षकद्वय रजनीश भण्डारी र दिनेश रेग्मीले तालिमको सहजीकरण गरिरहनुभएको छ । ०००००
 

प्रतिकृया दिनुहोस