पहिलो चरणअन्तर्गत इजरायलले ७३७ जना कैदीबन्दीलाई रिहा गर्ने
विर्तामोड, ५ माघ ।
इजरायलको न्याय मन्त्रालयले गाजा युद्धविराम र बन्धक मुक्त गर्ने स्विकृत सम्झौताको पहिलो चरणअन्तर्गत सात सय ३७ जना कैदी बन्दीलाई रिहा गर्ने जनाएको छ ।
इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्ति अनुसार सरकारले अहिले कारागार सेवाको हिरासतमा रहेका सात सय ३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।
मन्त्रालयले पुरुष, महिला र बालबालिकालाई स्थानीय समय अनुसार भोलि बिहानको २ बजे रिहा गर्ने जनाएको छ । यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो ।
इजरायलको न्याय मन्त्रालयका प्रवक्ता नोगा काट्जले पहिलो पटक रिहा हुने कैदीको अन्तिम सङ्ख्या हमास लडाकु समूहद्वारा रिहा गरिएका जीवित बन्धकको सङ्ख्यामा निर्भर हुने बताउनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
इजरायलको मन्त्रिपरिषद्ले हमाससँग गाजामा युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको हो । ०००००
प्रतिकृया दिनुहोस