सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ विर्तामोडको अध्यक्षमा धर्म लक्सम्बा
विर्तामोड, १८ माघ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ विर्तामोडको अध्यक्षमा धर्म लक्सम्बा चयन हुनु भएको छ ।
विर्तामोड नगर क्षेत्रका १८ वटा सामुदायिक र दुई वटा गुरुकूल स्कुलका सामुदायिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् प्रतिनिधिहरुको भेलाले लक्सम्बाको नेतृत्वमा विर्तामोड नगर समिति चयन गरेको हो । लक्सम्बा पञ्चरत्न मावि व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ । समितिको उपाध्यक्षमा दानकुमारी भण्डारी, सचिवमा चिरञ्जीवि ओली, कोषाध्यक्षमा किरण तिम्सिना एवम् सदस्यहरुमा युवराज गौतम, विष्णुमाया न्यौपाने र तोमप्रसाद ओली रहनुभएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ झापाका संयोजक बुद्धिमान कार्कीको अगुवाईमा विर्तामोडमा समिति गठन भएको हो । कार्यक्रममा विर्तामोडका उपमेयर नगेन्द्रप्रसाद संंग्रौलाले सामुदायिक विद्यालयको सुधारमा समिति र पालिकाबीच सहकार्य हुने बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रका अभियन्ताको कामलाई प्रभावकारी बनाउन समिति सहयोगी हुने धारणा राख्नुभयो ।
सो अवसरमा विर्तामोडका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले विर्तामोड क्षेत्रमा सामुदायिक स्कुलको अवस्था सुधारोन्मुख रहेको बताउनुभयो । ००००००
प्रतिकृया दिनुहोस