मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

झापा, २१ माघ ।
पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते हुनुभएको थियो ।
टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल ल्याइएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले जाँच गर्दा मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस