अध्यादेशबाट निजी क्षेत्रको मनोबल उच्च बनेको छ : अर्थमन्त्री पौडेल
बिर्तामोड, माघ २० ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएका अध्यादेशबाट निजी क्षेत्रको मनोबल उच्च भएको दाबी गर्नुभएको छ ।
महिला आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिइरहेकाले अब अर्थतन्त्र थप चलायमान हुने जिकीर गर्नुभयो ।
अध्यादेश द्रूत गतिमा ल्याएर सरकारले निजी क्षेत्रमैत्री नीति तयार पारेको भन्दै उहाँले यसले निजी क्षेत्रको आत्मविश्वास बढाएको छ भन्नुभयो ।
सरकारले ल्याएका अध्यादेशको सकारात्मक प्रभाव बिस्तारै देखिने भन्दै मन्त्री पौडेलले निर्माण व्यवसायीहरुको भुक्तानी पनि रीतपूर्वक आएमा सजिलै पाउने व्यवस्था गरिएको दाबी गर्नुभयो ।
अर्थतन्त्र सुस्त हुनुमा सधैँ घरजग्गा व्यवसायी र बैंकलाई मात्र दोष देखाउन नहुने भन्दै उहाँले सबै मिलेर अर्थतन्त्रलाई गति दिनुपर्नेमा जोड दिनुभयो । ००००००
प्रतिकृया दिनुहोस