अर्जुन ट्रफी क्रिकेटको उपाधिका लागि अत्तरिया र डडेल्धुराले खेल्ने
.jpeg)
विर्तामोड, २७ माघ ।
डीसीए धनगढीलाई हराउँदै सीवाईसी अत्तरिया अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । फाप्ला क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनलमा अत्तरियाले धनगढीलाई ६ विकेटले हरायो ।
धनगढीले दिएको १ सय ९ रनको लक्ष्य अत्तरियाले १८ ओभरमा ४ विकेट गुमाएर भेटायो । अत्तरियाका शङ्कर रानाले नटआउट ५६ रन बनाए । धनगढीका हिक्मत महराले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । धनगढीका अभिषेक पालले २७, मिलन बोहराले नटआउट २६ रन बनाए । अत्तरियाका विवेक यादव र कलम गुप्ताले २÷२ विकेट लिए ।
अब अत्तरियाले उपाधिका लागि फ्रेन्डस् युथ क्लब डडेल्धुरासँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा न्यु होराइजन बुटवललाई हराउँदै डडेल्धुरा प्रतियोगिताको फाइनलमा पुगेको हो । फाइनल खेल भोलि हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ । ०००००
प्रतिकृया दिनुहोस