मदन भण्डारी फाउन्डेसनको अर्जुनधारा नगर अध्यक्षमा नारायण पराजुली निर्वाचित 

बिर्तामोड, २९ फागुन ।
मदन भण्डारी फाउन्डेसनको अर्जुनधारा नगर अधिबेशन सम्पन्न भएको छ । नारायण पराजुलीको अध्यक्षतामा आज ९ सदस्यीय कमिटी गठन भएको हो ।
फाउन्डेसनको अर्जुनधारा सचिवमा डम्बर घिमिरे तथा कोषाध्यक्षमा गौरिमाया चिमरिया रहनु भएको छ । सदस्यहरूमा तारा खतिवडा, माधव आचार्य, दिलिप गुरूङ, गजेन्द्र खनाल, सागर घिमिरे र रोशन बस्नेत चयन हुनभएको मदन भण्डारी फाउन्डेसन झापा शाखाका कोषाध्यक्ष गणेश पोखरेलले जानकारी दिनुभयो ।
मदन भण्डारी फाउन्डेसनको विधानको व्यवस्था अनुसार नगर कमिटीको कार्यकाल दुई वर्ष रहने छ । फाउण्डेशनले जनताको बहुदलीय जनवाद (जबज)का विशेषतालाई आम नागरिकसम्म पुर्याउने बताइएको छ । ०००००
 

प्रतिकृया दिनुहोस