नेपालको उद्योग क्षेत्र यतिबेला समृद्धितर्फ उन्मूख : उद्योगमन्त्री भण्डारी

काठमाडौं, २८ फागुन ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उद्योग क्षेत्र यतिबेला समृद्धितर्फ उन्मूख रहेको बताउनुभएको छ ।
मेरो अटोले आज आयोजना गरेको अटोमोटिभ कनक्लेभ–२०८१ को उद्घाटन सत्रमा उहाँले आर्थिक सुधारका पक्षमा सरकार दृढताका साथ लागिपरेको उल्लेख गर्दै त्यसले उद्योग क्षेत्रलाई समृद्धिको बाटोमा ल्याइरहेको बताउनुभएको हो । 
सरकारले निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जनाउँदै मन्त्री भण्डारीले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो । नयाँ बजेटको छलफल शुभारम्भ भएको जनाउँदै उहाँले उद्योग मन्त्रालयको नीतिगत सुधारका लागि र निजी क्षेत्रको सुधारका लागि अर्थ मन्त्रालयबाट बजेट माग गरिने बताउनुभयो । 
मन्त्री भण्डारीले निजी क्षेत्रको समग्र विकासका लागि नीतिगत तथा अन्य विषयमा सुझावका लागि आह्वान गर्नुभयो । अहिलेका ऐन खण्डीत नहुने गरेर नीतिगत सुधारका लागि उहाँले सुझाव माग गर्नुभयो । आफू उद्योगमन्त्रीका रुपमा रहँदासम्म उद्योग क्षेत्रको सुधारका क्षेत्रमा जतिसुकै नकारात्मक आलोचना गरिए पनि बिना कुनै स्वार्थ लागिपर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नेपालका उद्योगी तथा व्यवसायीले विभिन्न प्रहार झेल्नुपरेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली उद्योगको उत्थानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । स्वदेशी वस्तु उपभोगको प्रसङ्ग दोहो¥याउँदै उहाँले नेपाली उत्पादनको प्रयोग नगर्ने प्रवृत्तिले यहाँका उद्योग धराशायी बन्नुपरेको बताउनुभयो ।  ००००००००
 

प्रतिकृया दिनुहोस