सरकारको नीति तथा कार्यक्रमले निजी क्षेत्र उत्साहित 

काठमाडौँ, २२ वैशाख ।
सरकारको आउँदो आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई उत्साहित बनाएको व्यवसायीहरूले बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रमले आर्थिक सुधार, पूर्वाधार विकास र रोजगारी सिर्जनालगायतलाई प्रमुख प्राथमिकता दिएको उनीहरूको भनाइ छ ।
निजी क्षेत्रलाई प्रोत्साहन गर्नसमेत लगानीमैत्री वातावरणको निर्माण गर्ने सरकारले लक्ष्य राखेको छ । ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा ठूलो लगानी भित्र्याउने र दायरलाई समेत फराकिलो बनाउने सरकारले रणनीति अपनाएको छ ।
सरकारले निजी क्षेत्रको मनोबल उकास्ने गरी र वर्तमान अर्थतन्त्रमा देखिएका समस्याहरूलाई समाधान गर्नेगरी नीति तथा कार्यक्रम आएको व्यवसायीहरूले बताएका छन् । त्यस्तै विगतको भन्दा राम्रो रहेको र वर्तमान समस्याहरूलाई सरकारले समाधान गर्न अग्रसरता देखाएको व्यवसायीहरूको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले वर्तमान सरकारले संवेदनशील तरिकाले नीति तथा कार्यक्रम ल्याएकोले यसको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै सरकारको नीति तथा कार्यक्रमले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पनि आशा जगाएको बताएको छ ।
इप्पानका महासचिव बलराम खतिवडाले नीति तथा कार्यक्रममा समावेश भएका कुरालाई कार्यान्वयन गर्न सके ऊर्जा क्षेत्रको विकासलाई अगाडि बढाउन सकिने बताउनुभयो ।  ००००००
 

प्रतिकृया दिनुहोस