प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे निर्वाचित

बिर्तामोड, ११ चैत ।
नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औँ महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत घोषणा निर्वाचित हुनुभएको छ । निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षमा चेतन अधिकारी, कृपा भण्डारी र महासचिव हिरामान लामाको नाम घोषणा गर्नुभएको हो । त्यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन हुनुभएको छ ।  यस्तै सदस्यमा माधव विद्रोही, सावित्रा दाहाल, मीना विक, गोपाल काफ्ले, शम्भुजित दाहाल लगायत ९९ सदस्यीय सर्वसम्मत चयन हुनुभएको छ ।  ००००००००
 

प्रतिकृया दिनुहोस