कृषि अनुदान पारदर्शी हुने

काठमाडौँ, १२ चैत ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुने बताउनुभएको छ । 
नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आज आयोजना गरेको कृषिमा लगानीसम्बन्धी सम्मेलनमा उहाँले मन्त्रालयले  हालसम्मको  अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुआत गरेकाले अबका दिनमा अनुदान पारदर्शीे हुने र सबै विवरण हेर्न सकिने बताउनुभयो । 
विगतका पाँच वर्षमा एक खर्ब पाँच अर्ब रुपैयाँ रकम कृषि अनुदानमा खर्च भएको उल्लेख गर्दै मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान प्रक्रिया अहिले रोकिएको बताउनुभयो । कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुने धारणा राख्नुभयो । ०००००
 

प्रतिकृया दिनुहोस