बङ्गलादेशी पूर्व कप्तान तमिम इकबाल हृदयाघातपछि निको हुँदै
.jpeg)
विर्तामोड, १२ चैत ।
बङ्गलादेशका पूर्व कप्तान तमिम इकबाललाई घरेलु खेलका क्रममा हृदयघात भएपछि होसमा आउनुभएको र उहाँले परिवारका सदस्यहरूसँग कुरा गरिरहनुभएको क्रिकेट अधिकारीहरूले बताएका छन् ।
५० ओभरको ढाका प्रिमियर डिभिजन क्रिकेट लिगको खेलमा महमदन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका ३६ वर्षीय तमिमलाई सोमबार छातीमा गम्भीर दुखाइ भएपछि नजिकैको अस्पतालमा लगिएको थियो ।
“उहाँ अहिले राम्रो हुनुहुन्छ । उहाँले परिवारका सदस्यहरूसँग कुरा गर्नुभयो र अस्पतालमा केही समय हिँड्नुभयो”, क्लबका अधिकारी तारिकुल इस्लामले भन्नुभयो ।
महमदनका फिजियोथेरापिस्ट एनामुल हकले तमिम स्थिर अवस्था रहेको र छिट्टै अर्को चिकित्सा संस्थानमा स्थानान्तरण गरिने सम्भावना रहेको बताउनुभयो ।
“उहाँको ज्यान बचाउनका लागि हामीले तुरुन्तै अस्पताल जानुपरेको थियो, र भाग्यवश हामीले त्यसो ग¥यौँ”, इनामुलले भन्नुभयो ।
तमिमको उपचार भइरहेको क्षेत्रका मेडिकल निर्देशक राजीब हसनले पत्रकारहरूलाई बताए अनुसार अस्पताल पु¥याउँदा तमीमको अवस्था गम्भीर थियो । धमनीको अवरोध हटाउनका लागि शल्यक्रिया गरेर स्टेन्ट लगाउनुपरेको पनि उहाँले बताउनुभयो ।
तमीमले सन् २००७ देखि २०२३ सम्म विभिन्न ढाँचामा तीन सय ९१ खेलमा बङ्गलादेशको प्रतिनिधित्व गर्नुभएको थियो । र, उहाँ एकदिवसीय क्रिकेटमा बङ्गलादेशको कप्तान हुनुहुन्थ्यो । उहाँले १५ हजारभन्दा बढी रन बनाउनुभएको छ । र, तीनै अन्तर्राष्ट्रिय ढाँचामा शतक बनाउने एक मात्र बङ्गलादेशी हुनुहुन्छ । ००००००००
प्रतिकृया दिनुहोस