महिला टी–२० विश्वकप छनोटमा नेपालको पहिलो खेल हङकङसँग 

काठमाडौँ, २२ वैशाख ।
आईसीसी महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ । 
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज नेपालको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता मे ९ देखि २० तारिखसम्म थाइल्यान्डमा हुनेछ । प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र यूएई छन् । यी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।
समूह ‘सी’ मा नेपाल, हङकङ र बहराइनसँग छ । नेपालले पहिलो खेल मे ९ मा हङकङसँग मे १० मा बहराइनसँग र मे १३ मा हङकङसँग पुनः खेल्नेछ । मे १५ मा बहराइनसँग अर्को खेल खेल्दै नेपालले लिग चरण सकाउने छ । हरेक समूहको विजेताले फाइनल राउन्ड खेल्नेछन् ।
अहिले भारतमा तयारी गरिरहेको नपाली महिला क्रिकेट टोली उतैबाट थाइल्यान्ड प्रस्थान गर्नेछ । ००००००
 

प्रतिकृया दिनुहोस