यूएसएआइडीलाई पुनर्गठन गर्ने ट्रम्प प्रशासनको निर्णय

विर्तामोड, १६ चैत ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था यूएसएआइडीलाई प्रभावकारी रुपमा पुनर्गठन गर्ने घोषणा गरेको छ । विदेश मन्त्री मार्को रुबियोले निकाल्नुभएको विज्ञप्तिमा सन् २०२५ को जुलाई १ सम्ममा युएसएआइडीका केही कार्यक्रमहरु पुनः समेट्ने गरी पुनर्गठन गर्ने आफ्नो आशयबारे विभागलाई जानकारी गराएको उल्लेख छ ।
अमेरिकी विदेश मन्त्रालयले ट्रम्प प्रशासनको प्राथमिकतासँग मेल नखाने यूएसएआइडीका बाँकी कामहरू बन्द गर्ने योजना बनाएको बताएको अन्तर्राष्ट्रिय संचारमाध्ययम रोयटर्सले जनाएको छ । गएको जनवरीमा पदभार ग्रहण गरेपछि रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि अमेरिकी वैदेशिक सहायता रोक्का गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।
यसपछि यूएसएआइडीका विभिन्न कार्यक्रमहरूमा नाटकीय कटौती गरियो र महत्वपूर्ण मानवीय सहायताका लागि केही छुटहरू दिइयो । सन् १९६१ मा अमेरिकी कङ्ग्रेसले सिर्जना गरेको स्वतन्त्र एजेन्सीमाथि सहायता रोक्काले स्तब्ध र निराश बनाएको छ । ०००००
प्रतिकृया दिनुहोस