ट्रम्पको गाजा योजनाविरुद्ध लड्न हमासको आह्वान

झापा, १८ चैत ।
हमासका एक वरिष्ठ अधिकारीले विश्वभरका समर्थकलाई हतियार उठाउन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० लाखभन्दा बढी गाजावासीलाई इजिप्ट र जोर्डनजस्ता छिमेकी देशमा स्थानान्तरण गर्ने योजनाविरुद्ध लड्न आह्वान गर्नुभएको छ ।
सामी अबु जुहारीले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “नरसंहार र भोकमरीको संयोजन गर्ने यो कुटिल योजनाको सामना गर्न विश्वको जुनसुकै कुनामा पनि हतियार बोक्न सक्ने जो कोहीले पनि कदम चाल्नुपर्छ ।”
उहाँले भन्नुभयो, “विष्फोटक पदार्थ, गोली, चक्कु वा ढुङ्गा नरोक्नुहोस् । सबैले आफ्नो मौनता तोडिदेओस् ।”
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासका नेताहरूलाई गाजा छोड्न दिने प्रस्ताव गरेको एक दिनपछि अबु जुहरीले यो आह्वान गर्नुभएको हो । तर, गाजामा युद्धको अन्तिम चरणमा प्यालेस्टिनी लडाकू समूहलाई निःशस्त्रीकरण गर्न माग गर्नुभएको थियो ।
उक्त अवसरमा नेतन्याहूले गाजावासीलाई अन्य देशमा विस्थापित गर्ने ट्रम्पको योजनाका लागि इजरायलले काम गरिरहेको बताउनुभयो ।
नेतन्याहूले युद्धपछि इजरायलले गाजामा समग्र सुरक्षा सुनिश्चित गर्ने र प्यालेस्टिनी क्षेत्रमा बसोबास गर्ने सबै २४ लाख मानिसलाई सामूहिक विस्थापनका लागि आह्वान गरेको ट्रम्प योजनाको कार्यान्वयनलाई सक्षम बनाउने र यसलाई ‘स्वैच्छिक आप्रवासन योजना’ को संज्ञा दिनुभएको छ ।
गत जनवरीमा पदभार ग्रहण गरेको केही दिनपछि ट्रम्पले गाजाबाट गाजावासीलाई हटाउन प्रस्ताव गर्नुभएको थियो तर यसको अरब राष्ट्रहरूसहित विश्व समुदायबाट विरोधपछि उहाँले उक्त प्रस्तावको चर्चा गर्नुभएको थिएन । ०००००
प्रतिकृया दिनुहोस