‘नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो’

कीर्तिपुर (काठमाडौ ), १३ वेशाख ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवनशैलीबाट हामी सबैले सिक्नुपर्ने बताउनुभएको छ । साथै, उहाँले नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो भन्नुएको छ ।
छब्बिसौँ मनमोहन स्मति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सच्चा साम्यवादीका रुपमा नेता अधिकारीले अवलम्बन गर्नुभएको मार्गलाई हामी सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री अधिकारीको कार्यकालमा देशको विकास तल्लो तहको विकासबाट मात्र सम्भव हुने वास्तविकतालाई मनन गरी ‘आफ्नो गाउँ आफै बनाउँ’ अवधारणा अघि सारेर उहाँले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुभएको पूर्वराष्ट्रपति भण्डारीले बताउनुभयो । ०००००
प्रतिकृया दिनुहोस