युथ पावर फाउण्डेशन झापाको आयोजना र विर्तामोड ७ नम्बर वडाको आर्थिक सहयोगमा स्वास्थ्य शिविर, १५० जना स्थानीय लाभान्वित 

विर्तामोड, १३ बैशाख ।
युथ पावर फाउण्डेशन झापाको आयोजना र विर्तामोड ७ नम्बर वडाको आर्थिक सहयोगमा स्वास्थ्य शिविर भएको छ । 
स्पाइनएक्स अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा एक सय पचास जना स्थानीयले सेवा लिएको संस्थाका महासचिव अस्मिता कार्कीले जानकारी दिनुभयो । स्पाइनएक्स अस्पतालका निर्देशक डा. प्रेमबहादुर शाही, जनरल सर्जन डा. लक्ष्मण राना मगर, मेडिकल अफिसर डा. राजेन्द्र खत्वे र फिजियो थेरापिष्ट डा. कविन सापकोटा लगायतको टोलीले विशेषज्ञ सेवा दिनुभएको थियो । 
कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले नागरिकको स्वास्थ्य राज्यको दायित्व भएको बताउनुभयो । स्वास्थ्यको क्षेत्रमा काम गर्न तीनै तहका सरकार गम्भीर हुनुपर्ने मन्त्री कार्कीको जिकिर थियो ।
युथ पावर फाउण्डेशन झापाका अध्यक्ष दीपा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विर्तामोड ७ का अध्यक्ष अविरल कृष्ण खरेलले वडावासीको स्वास्थ्यका लागि वडाका जनप्रतिनिधि गम्भीर रहेकाले संस्थासँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष सरिता मैनालीले स्वागत गर्नु भएको थियो । ०००००
 

प्रतिकृया दिनुहोस