कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार, नस्वीकार्नु मुर्खता हुने ट्रम्पको भनाइ

काठमाडौँ, ३१ वैशाख ।
कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुपमा प्रयोग गरिने बताउनुभएको छ ।
उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उपहार स्वीकार गर्दा करोडौं डलर बचत हुने र त्यो वचत ‘अमेरिकालाई फेरि महान् बनाउन’ खर्च गरिने बताउनुभयो । कतारको तर्फबाट आएको यो उपहार स्वीकार नगर्नु मूर्खता हुने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट शेयर गर्दै अमेरिकी रक्षा मन्त्रालयका लागि माग भएका बोइङ जेटको डेलिभरीमा धेरै ढिलो हुने सङ्केत गर्दै लेख्नुभएको छ, “बोइङ ७४७ अमेरिकी वायु सेना÷रक्षा मन्त्रालयलाई दिइँदैछ, मलाई होइन । यो एउटा राष्ट्र कतारको अमेरिकालाई उपहार हो, जसलाई हामीले वर्षौँदेखि सफलतापूर्वक प्रतिरक्षा गर्दै आएका छौँ । यसलाई हाम्रो सरकारले नयाँ बोइङहरू नआउँदासम्म अस्थायी एयर फोर्स वनको रूपमा प्रयोग गर्नेछ ।”
उहाँले भन्नुभयो, “हाम्रो सेना र हाम्रा करदाताहरूले कुनै देशबाट सित्तैमा उपहार प्राप्त गर्दछन् किन करोडौं डलर खर्चिनुुप¥यो । हामीलाई राम्रो कामको लागि जसले इनाम दिन चाहन्छ। त्यो नस्वीकार्ने मूर्खले मात्र हो ।”
द हिलका अनुसार कतारको शाही परिवारले संयुक्त राज्य अमेरिकालाई उपहारको रूपमा प्रस्ताव गरेको विमानको मूल्य ४० करोड अमेरिकी डलर अनुमान गरिएको छ ।
अमेरिकी राष्ट्रपतिले कतारबाट उपहारस्वरूप बोइङ विमान स्वीकार गर्ने समाचारपछि विपक्षी डेमोक्र्याटिक पार्टी र अमेरिकी समुदायबाट सामाजिक सञ्जालमार्फत् उक्त निर्णयप्रति आश्चर्य व्यक्त गर्दै निर्णयको आलोचना गरेका छन् ।
ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले बोइङ ७४७–८ विमान कतारी राजपरिवारबाट एयर फोर्स वानका रुपमा सेवा गर्न उपहारस्वरुप स्वीकार गर्ने सम्बन्धी कानूनी विवरणलाई अन्तिम रुप दिन लागिएको पुष्टि गर्नुभएको थियो ।
लेभिटले सरकारलाई कुनै पनि प्रकारको चन्दा वा उपहार कानूनको पूर्ण पालना गर्दै स्वीकार गरिने बताउनु्भएको थियो ।
सीएनएनले उहाँलाई उद्धृत गर्दै दिएको रिपोर्टमा भनिएको छ, “सरकारलाई आउने कुनै पनि सहयोग जहिले पनि कानूनको पूर्ण पालनामा गरिन्छ ।” ००००००
प्रतिकृया दिनुहोस