बिर्तामोड युनाइटेड धनकुटाको राजारानीमा जारी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

बिर्तामोड, ३ जेठ ।

मौसम सुब्बाको ह्याट्रिकसँगै झापाको बिर्तामोड युनाइटेड धनकुटाको राजारानीमा जारी १२औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा सुनसरीको गोल्डेन स्टार युथ क्लबलाई ४–१ ले पराजित गरेको हो । बिर्तामोडले उपाधि रक्षाका लागि जेठ ४ गते मोरङको एलएक्स सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्ने छ ।
खेलको आठौं मिनेटमा मौसमको गोलमार्फत बिर्तामोडले सुरुवआती अग्रता लिएको थियो । ३६औं र ७९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक उनले पूरा गरे । अर्को गोल भने आर्यन राईले अतिरिक्त समयको दोस्रो मिनेटमा गरेका हुन् । 
गोल्डेनका सविन घिमिरेले ८९औं मिनेटमा सान्त्वना गोल फर्काए । ह्याट्रिककर्ता सुब्बा म्यान अफ द म्याच घोषित भए । ००००००
 

प्रतिकृया दिनुहोस