इन्डोनेसियामा पानीजहाज दुर्घटना हुँदा ६ जनाको निधन, १३० बेपत्ता
बिर्तामोड, २९ भदौ ।
इन्डोनेसियामा यात्रुवाहक पानीजहाज ९फेर्री० दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी १३० जनता बेपत्ता भएका हुन् । जाभा समुद्रमा यात्रुवाहक पानीजहाज पल्टिँदा अन्य १ सय ७ जनाको भने सफल उद्धार गरिएको बीबीसीले जनाएको छ। खराब मौसमका कारण उक्त दुर्घटना भएको अधिकारीहरूले बताएका हुन् । उक्त यात्रुवाह पानीजहाज सुरबयादेखि दक्षिणी कलिमन्थानतर्फ प्रस्थान गरिरहेको थियो । करिब १ सय ५० किलोमिटर यात्रा गरिसकेपछि पानीजहाज सम्पर्कविहीन भएको थियो । उद्धारका लागि पानीजहाज तथा हेलिकोप्टर परिचालन गरिएको छ । २ सय ८० उद्धारकर्ताहरू परिचालित गरिएको छ। जाभा समुद्रका सबै पानीजहाजलाई कहीँ कतै जहाज तथा यात्रुको बारेमा केही पत्ता लागेमा तुरून्तै खबर गर्न भनिएको छ ।पानीजहाजका ३० सदस्यबाहेक २ सय १३ यात्रु सवार भएको बीबीसीले जनाएको हो ।





..jpeg)






प्रतिकृया दिनुहोस