Close This

आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै


बिर्तामोड, ३ असोज
नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो ।
हरेक वर्ष असोज ३ गते संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ । संविधानले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता तथा समावेशी र समानुपातिक प्रणालीलाई संस्थागत गरेको छ। २००७ सालदेखि भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, २०६२–६३ को जनआन्दोलन तथा विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका आन्दोलनको उपलब्धिका रूपमा संविधान जारी भएको हो ।
संविधान जारी भएको ११ वर्ष पुग्दा पनि संविधान कार्यान्वयनका लागि आवश्यक केही कानुन निर्माण हुन बाँकी छन् भने बनेका कानुनको प्रभावकारी कार्यान्वयनको विषय पनि उठ्दै आएको छ ।
यसैबीच संविधान संशोधनको बहससमेत अघि बढेको छ । २०८२ साल भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन भएको थियो । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बनेपछि संविधान संशोधनको विषय थप चर्चामा आएको छ । रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट प्राप्त गरेको विवरण सार्वजनिक भएको छ ।
संविधान संशोधनका लागि भने संवैधानिक प्रक्रिया र आवश्यक संसदीय सहमति पूरा गर्नुपर्ने व्यवस्था रहेको छ । 

प्रतिकृया दिनुहोस