भदौमा पाँच अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात
काठमाडौँ, ३ असोज ।
नेपालले गत भदौमा भारत र बङ्गलादेशतर्फ पाँच अर्ब नौ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौमा कुल ५६ करोड ५६ लाख युनिटभन्दा बढी विद्युत् निर्यात भएको हो । द्विपक्षीय सम्झौता र विद्युत् बजारमार्फत बिजुली बिक्री गरिएको प्राधिकरणले जनाएको छ ।
द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् बिक्रीबाट तीन अर्ब ६४ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । यस्तै, विद्युत् बजारमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी बिजुली निर्यात गरी एक अर्ब ४४ करोड ९९ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ ।
तर, भोटेकोशी बाढीबाट चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेपछि हाल बङ्गलादेशतर्फको विद्युत् निर्यात रोकिएको छ ।
विद्युत् निर्यातबाट प्राप्त आम्दानीले नेपालको विद्युत् व्यापार विस्तारमा योगदान पु¥याउँदै आएको प्राधिकरणले जनाएको छ । ०००००




.jpeg)






प्रतिकृया दिनुहोस