तीन जिल्लाका राजमार्ग विपद्का कारण अवरुद्ध 

काठमाडौँ, २ कात्तिक । 
वर्षा तथा प्राकृतिक विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा मुख्य राजमार्ग प्रभावित भएका छन् ।
नेपाल प्रहरीका अनुसार म्याग्दी, गोरखा र सुर्खेतमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएका हुन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ । उक्त स्थानमा असोज १ गते बिहानदेखि सडक प्रभावित भएको हो ।
यसैगरी, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नम्बर १ को नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ । फलामे पुलमा समस्या आएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । उक्त सडक आज बिहानदेखि अवरुद्ध छ । 
यस्तै, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । उक्त स्थानमा कात्तिक १ गतेदेखि सडक प्रभावित भएको हो । प्रहरीले अवरुद्ध सडक खुलाउन तथा यातायात सञ्चालन सहज बनाउन प्रयास भइरहेको जनाएको छ । सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । ००००
 

प्रतिकृया दिनुहोस