वरिष्ठ उपाध्यक्ष खड्काको नेतृत्वमा एन्फा मुख्यालयको ताला खोलियो
विर्तामोड, ११ कात्तिक ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा लगाइएको ताला वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा खोलिएको छ । अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई सम्पर्कविहीन भएपछि वरिष्ठ उपाध्यक्षसहित बहुमत सदस्यले मुख्यालयको ताला खोलेका हुन् ।
एन्फाको विधानको धारा ३१ को उपधारा २ अनुसार कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा कार्यसमिति बैठक अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार बहुमत सदस्यले २२ दिनअघि बैठक बोलाउन माग गरेका थिए । तर, अध्यक्ष नेम्बाङले २१ दिनसम्म बैठक नबोलाएपछि बहुमत सदस्यले आफैँ बैठक आह्वान गर्ने निर्णय गरेका हुन् । वरिष्ठ उपाध्यक्ष खड्काले कात्तिक १३ गतेका लागि कार्यसमिति बैठक बोलाउनुभएको छ ।
यसैबीच, खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो । ०००००







-1791531287.jpeg)
-(1).jpeg)

प्रतिकृया दिनुहोस