न्यायालयका विवादित न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउन रास्वपाको निर्देशन
बिर्तामोड, १५ कार्तिक ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न संसद्मार्फत प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको छ । इनम सापकोटासँग सम्बन्ध देखिएर विवादमा आएका सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउन पार्टीले संसदीय दललाई निर्देशन दिएको हो ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले न्यायालयसँग जोडिएका पछिल्ला विवादको संवैधानिक प्रक्रियाबाट निरुपण खोज्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले बताउनुभयो ।
महाभियोग प्रक्रिया संसदीय प्रक्रियामा प्रवेश गरेपछि मात्रै टुङ्गो लाग्ने उहाँको भनाइ छ । यसैगरी, पत्रकार पक्राउ तथा धरपकडको घटनालाई गम्भीर रूपमा लिँदै रास्वपाले सत्यतथ्य छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
पत्रकारहरू रिहा भइसके पनि घटनामा को संलग्न थियो र किन त्यस्तो गतिविधि भयो भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने प्रवक्ता खरेलले बताउनुभयो । उहाँले रास्वपा प्रेस स्वतन्त्रता र मानव अधिकारको पक्षमा प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।






.jpeg)


प्रतिकृया दिनुहोस