बिर्तामोड – ४ का राजेश मण्डलको घरमा आगलागी हुँदा ६ करोड रुपैयाँ बराबरको क्षति
उदयपुर, १८ कात्तिक ।
आज बिर्तामोड – ४ मा रहेको राजेश मण्डलको घरमा आगलागी हुँदा ६ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
सिद्धार्थ होटल नजिकै पूर्व भागमा रहेको दुई तले घरमा आगलागी हुँदा ६ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागी भएको घरमा सुवास घोषले शुभलाभ इलेक्ट्रोनिक्सको गोदाम राख्नुभएको थियो । उहाँको गोदाम तथा पसलमा आगलागीबाट ३ करोड रुपैयाँको क्षति भएको जनाइएको छ । पसल गोदाममा रहेको इलेक्ट्रिक सामानहरू जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
यस्तै, सोही घरमा रहेको निरिका फर्माको १ करोड रुपैयाँ बराबरको क्षति भएको छ । निरिका फर्मा राजेश खतिवडाले सञ्चालन गर्दै आउनुभएको छ । उहाँको फार्मेसी तथा गोदामका औषधिहरू जलेर नष्ट भएको छ ।
राजेश मण्डलको दुई तले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । उहाँको २ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । आगो साढे ५ घण्टामा नियन्त्रणमा आएको छ ।
आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी आगो नियन्त्रणमा लागि खटिएको थियो । झापाको बिर्तामोड, भद्रपुर, मेचीनगर, शिवसताक्षी, कमल, दमक र गौरादहको दमकल परिचालन गरिएको थियो । ०००००


.jpeg)





.jpeg)


प्रतिकृया दिनुहोस