आज महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै

विर्तामोड, २५ कात्तिक । 
किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
वि.सं. १९४२ साल कात्तिक २५ गते जन्मनुभएका फाल्गुनन्दले किरात धर्म, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउनुभएको थियो । उहाँले किरात समुदायको धार्मिक, सामाजिक र सांस्कृतिक उत्थानका लागि जीवनभर अभियान सञ्चालन गर्नुभएको थियो ।
समाजमा विद्यमान विकृति र विसङ्गति हटाउन उहाँले विशेष जोड दिनुभएको थियो । जन्म, विवाह तथा मृत्युसंस्कारमा गरिने पशुबलि रोक्नुपर्ने, मादक पदार्थ सेवन नगर्नुपर्ने र समाजमा आपसी सद्भाव कायम गर्नुपर्ने उहाँका प्रमुख उपदेश थिए ।
किरात धर्म र संस्कृतिको संरक्षण तथा संस्थागत विकासका लागि उहाँले माङहिम निर्माण र धार्मिक अभिलेख तयार गर्नसमेत योगदान दिनुभएको थियो । उहाँका विचार र उपदेशले किरात समुदायमा धार्मिक तथा सामाजिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ ।
वि.सं. २००६ सालमा निधन हुनुभएका फाल्गुनन्दलाई उहाँको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । किरात समुदायले उहाँको जन्मजयन्तीलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक जागरणको अवसरका रूपमा मनाउँदै आएको छ । ०००००
 

प्रतिकृया दिनुहोस