दशौँ राष्ट्रिय खेलकुदमा आज १० विधामा प्रतिस्पर्धा हुँदै
बिर्तामोड, ११ मंसिर ।
कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज १० खेल विधामा प्रतिस्पर्धा हुँदैछ । कर्णालीसहित बाँके र बर्दियाका विभिन्न खेलस्थलमा प्रतियोगिता सञ्चालन हुनेछ ।
आज सुर्खेतमा महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबल, बक्सिङ, फुटबल, जिम्न्यास्टिक र फुल कन्ट्याक्ट कराँतेका खेल हुनेछन् । त्यस्तै, बाँकेको नेपालगञ्जमा पौडी, बर्दियामा टेनिस र पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता आयोजना हुनेछ ।
खेल तालिकाअनुसार सुर्खेतमा बिहान ९ बजेदेखि महिला क्रिकेट, बास्केटबल, पुरुष फुटबल र क्रिकेटका खेल सुरु हुनेछन् । बक्सिङ र जिम्न्यास्टिकका प्रतिस्पर्धा पनि बिहानैदेखि सञ्चालन हुनेछन् । फुल कन्ट्याक्ट कराँते बिहान ११ बजेदेखि हुनेछ । यसैगरी नेपालगञ्जमा बिहान ९ बजे पौडी, चौरजहारीमा बिहान ८ बजे शारीरिक सुगठन र बर्दियामा टेनिसका खेल सञ्चालन हुनेछन् ।











प्रतिकृया दिनुहोस