नारायणगढ–मुग्लिन सडकमा दैनिक पाँच घण्टा आवागमन बन्द हुने
बिर्तामोड, १३ मंसिर ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने काम गर्न आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने जनाएको छ ।
पहिरो पन्छाउने क्रममा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
यस अवधिमा तुइनखोला क्षेत्रमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ । तर, काठमाडौँबाट मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा जाने तथा सोही मार्गबाट आवतजावत गर्ने सवारीसाधनको सञ्चालन भने नियमित रहने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।










प्रतिकृया दिनुहोस